NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सर्वोच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ ।

शुक्रबार बसेको संसदीय सुनुवाई विशेष समितिले न्यायाधीसमा शर्माको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको हो ।

न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

भदौ १० गतेको न्यायपरिषद्को बैठकले शर्माको नाम न्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय सुुनुवाइ समितिले १५ भदौंमा १० दिनको समय दिएर उनीविरुद्ध उजुरी आव्हान गरेको थियो ।

समितिले दिएको समयापधिमा कुनैपनि उजुरी नपरेपछि आज बसेको समितिको बैठकले उनको सुनुवाइ गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा छन् ।