सर्वोच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ ।
शुक्रबार बसेको संसदीय सुनुवाई विशेष समितिले न्यायाधीसमा शर्माको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको हो ।
न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
भदौ १० गतेको न्यायपरिषद्को बैठकले शर्माको नाम न्यायाधीशमा सिफारिस गरेको थियो ।
संसदीय सुुनुवाइ समितिले १५ भदौंमा १० दिनको समय दिएर उनीविरुद्ध उजुरी आव्हान गरेको थियो ।
समितिले दिएको समयापधिमा कुनैपनि उजुरी नपरेपछि आज बसेको समितिको बैठकले उनको सुनुवाइ गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया