NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

सुन तस्करी प्रकरण: अघि बढ्यो उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरिय छानविन आयोग गठनको प्रक्रिया अगाडी बढेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आयोग गठनको प्रक्रिया अगाडि बढेको जानकारी दिएका हुन् ।

भदौ ६ मा संसदमा प्रतिनिधित्व गर्ने ७ दलबीच आयोग गठन गर्ने २ बुदे सहमती भएको थियो । सोहि सहमति अनुसार आयोग गठनको प्रक्रिया अगाडी बढेको प्रधानमन्त्री प्रचण्डले सदनमा जानकारी दिएका हुन् ।

‘अवैध सुन तस्करीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ,’ उनले भने, ‘सहमतिअनुसार आयोग बनाउने प्रक्रिया बढेको छ ।’

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट भन्सार पासभईसकेर तस्करी भएको ६० किलो बढि सुन साउन ३ गते सिनामंगलबाट बरामद भएको थियो ।

यो सुन ‘ब्रेक–शु’मा ल्याइएको थियो । सुन राजश्व विभागले नियन्त्रणमा लिएको थियो । पछि विभागले सुन तस्करीबारे अनुसनधानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको थियो ।

सीआइबीले अध्ययन गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष