पशुपति मन्दिर वरपर मासु, मदिरा बिक्री गर्न निषेध

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपति मन्दिर वरपर मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको छ ।
आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले चार किल्ला तोकेर यी पदार्थ किनबेचमा रोक लगाएको जनाएको हो ।
पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्वको भाग तोकिएको छ भने श्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिमसम्मको भाग तोकिएको छ। उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तरको भाग तोकिएको छ। दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्मको भाग तोकिएको छ।
पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यले मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको जिल्ला प्रशासन कार्यालयले सूचनामा उल्लेख गरेको छ ।
कोही कसैले सूचनाको बर्खिलाप हुने कुनै काम गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानूनी कारबाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा कार्यलयले जानकारी गराएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया