NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

महेन्द्र राजमार्गमा परेको खाडल बम विस्फोटबाट भएको पुष्टि, द्वन्द्वकालमा राखिएको आशंका

काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गमा परेको खाडल बम विस्फोटबाट भएको खुलेको छ ।

राप्ती सोनारी गाउँपालिका– ९ ढकेरीबाट दुई किलोमिटर पूर्व राजमार्गमा शंकाष्पद खाडल देखिएको थियो । तर उक्त खाडल विस्फोटबाट परेको प्रहरीले जनाएको छ ।

बम विस्फोट भएको स्थानमा नेपाली सेना र प्रहरीको टोलीले पुगेर अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीका अनुसार राजमार्गमा गए राति बम पड्किएको थियो ।

द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको हुन सक्ने उनले अनुमान गरे । माओवादीले चलाएको द्वन्द्वकालमा बिच्छ्याइएको हुन सक्ने अनुमान गरिएको उक्त बम विस्फोटबाट मानवीय क्षति भएको छैन ।

डीएसपी डाँगीका अनुसार विस्फोटबाट सडकको केही भाग उडेर खाडल परेको थियो । अहिले सडक विभागले खाडल पुरिसकेको छ भने राजमार्गमा सवारी साधन चलिरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष