NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

रास्वपाले वडा तहको समिति निर्वाचनबाट छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा तहको समितिको लागि निर्वाचन गर्ने भएको छ ।

कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गर्ने रास्वपाले जनाएको छ । ११ सदस्यीय हुने कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिनेछ ।

सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् ।

असोज २ देखि २० सम्म उम्मेदवार दर्ताका लागि समय तोकिएको छ भने अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ ।