नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ६७ औं सचिवालय बैठक आज बिहीबार बस्दैछ ।
पार्टीका उपाध्यक्ष प्रमेशकुमार हमालले दिएको जानकारी अनुसार आलोकनगरस्थित पार्टी कार्यलयमा बिहान १० बजेका लागि बैठक बस्ने तय भएको हो ।
पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे बैठक केन्द्रित हुनेछ ।
एकीकृत समाजवादीले सार्वजनिक सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार र कमिशनतन्त्रविरूद्ध, महिला तथा बालबालिकामाथि हुने उत्पीडन, यौनहिंसा र बेचबिखन, जातीय विभेद, छुवाछुत, दाइजो तथा तिलक, छाउपडीलगायत समाजमा रहेका कुप्रथाविरूद्ध समाजवादी जागरण यात्रा आयोजना गर्दै छ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया