नेकपा एसको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ६७ औं सचिवालय बैठक आज बिहीबार बस्दैछ ।
पार्टीका उपाध्यक्ष प्रमेशकुमार हमालले दिएको जानकारी अनुसार आलोकनगरस्थित पार्टी कार्यलयमा बिहान १० बजेका लागि बैठक बस्ने तय भएको हो ।
पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे बैठक केन्द्रित हुनेछ ।
एकीकृत समाजवादीले सार्वजनिक सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार र कमिशनतन्त्रविरूद्ध, महिला तथा बालबालिकामाथि हुने उत्पीडन, यौनहिंसा र बेचबिखन, जातीय विभेद, छुवाछुत, दाइजो तथा तिलक, छाउपडीलगायत समाजमा रहेका कुप्रथाविरूद्ध समाजवादी जागरण यात्रा आयोजना गर्दै छ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया