प्रधानमन्त्रीसँग भोलि को–को जाँदैछन् चीन ?
काठमाडौं । आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ भोलि चीन जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी भोलि न्यूरोर्कबाट सिधै चीनतर्फ प्रस्थान गर्न लागेका हुन् ।
उनीसँगै चीन भ्रमणमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठसहित उद्योग वाणिज्य महासंघका पदाधिकारी र केही सरकारी अधिकारी सहभगी हुनेछन् ।
आउँदो १३ सेप्टेम्बरमा हाङझावमा हुने १९ औं एसियन खेलकुद उद्घाटनकै क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सिसँग भेटवार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रचण्डले बेइजिङमा समकक्षी ली क्वान र नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई पनि सम्बोधन गर्नेछन् ।
उनले चोङकिङ नगरपालिकामा कृषि र औद्योगिक विकासको निरीक्षण पनि गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया