NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

शिक्षामन्त्रीलाई एमालेको ज्ञापन पत्र: तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह

काठमाण्डौ । आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न नेकपा एमालेले माग गरेको छ ।

प्रमुख प्रतिपक्ष दल एमालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।

एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोली बिहीबार मन्त्री राईलाई ज्ञापनपत्र बुझाउन गएको थियो ।

त्यसक्रममा शिक्षक महासङ्घका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको सचेतक बर्तौलाले जानकारी दिए ।

‘शिक्षक महासङ्घले गरेको आन्दोलनबारे एमाले संसदीय दलको तर्फबाट शिक्षामन्त्रीसँग केही विषय राख्यौँ । विद्यालयहरू बन्द भएको अवस्था छ, तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेका छौँ, उनले भने ।

जवाफमा शिक्षामन्त्री राईले शिक्षकका माग सम्बोधनका लागि सकारात्मक ढङ्गले पहल गरेको बताएको सचेतक बर्ताैलाले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष