माओवादीको नाम जोडिएका प्रकरणमा सरकारले छानबिन गरेन: शिवाकोटी
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले माओवादीको नाम जोडिएका प्रकरणमा छानबिन नगरेको आरोप लगाएका छन् ।
जारी केन्द्रीय कार्य समिति बैठकमा धारण राख्दै नेता शिवाकोटीले सरकारले भुटानी शरणार्थी प्रकरणको छानबिनमा अग्रसरता लिए पनि आफ्ना पार्टीको नाम जोडिएका प्रकरणमा छानबिन नगरेको आरोप लगाए ।
माओवादीले सुन प्रकरणमा जोडिएका महरालाई छानबिन नगरेको भन्दै उनले भने ‘शरणार्थी प्रकरणमा सरकार र गृह मन्त्रालयले जुन तदारुकता देखायो, आफ्नो दलका नेताहरु सहभागी भएको देखिएपछि माओवादीले अनेक बहानामा कृष्णबहादुर महरामाथि छानबिन गरेन ।’
शिवाकोटीले नेतृत्व प्रतिको आशा निराशामा परिवर्तन भएको बताए । ‘आज हरेका नागरिक आफ्ना छोराछोरी कहिले १२ कक्षा पाश गर्लान् र विदेश पढाउला भनेर सपना मात्र देखेका छैनन्, आफूलाई दाउमा पनि राखेका छन् । विद्यार्थी विदेशमा, शिक्षक सडकमा, मजदुरी गर्ने मलेसिया र मध्य पूर्वका खाडी राष्ट्रहरूमा गएको भिड देख्दा हरेक दिन आँखाहरु रसाएका छन्,’ उनले भने, ‘विमानस्थलको भिड दिनदिनै देख्दा पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि तपाई नेतृत्व तहको अग्रजहरूलाई देश त हामीले बनाएकै रहेछौ नि भन्ने लाग्दैन ?’
उनले पार्टी सञ्चालन पद्धति लाई नयाँ सिराबाट शुरु गर्नुपर्ने बताए । उनले भातृ सङ्गठनमा पदाधिकारी मनोनयन पारदर्शी हुनुपर्ने पनि बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया