सभामुख भन्छन्- शिक्षा विधेयक सर्वसम्मत नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ
काठमाडौं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षासम्बन्धी विधेयक सकेसम्म सर्वसम्मतरुपमा टुङ्ग्याउने बताएका छन् ।
आयरल्याण्ड भ्रमण सकेर आइतबार स्वदेश फर्किएको सभामुख घिमिरेले विधेयकलाई सकेसम्म सर्वसम्मत र नभए नियमित प्रक्रियाबाट टुङ्ग्याउने बताएका हुन् ।
उनले त्रिभुवन विमानस्थलमा पत्रकारसँगको उनले भने, ‘जे हुनुपर्छ त्यहि हुन्छ । विधेयकहरुमाथि छलफल गर्ने, बहस गर्ने, संसदमा सहमती खोज्ने र टुंग्याउने अथवा सहमती नभए नियमित प्रक्रियाबाट टुंग्याउने मेरो भूमिका हुन्छ ।
उनले भ्रमणका क्रममा आयरल्याण्डका राष्ट्रपति, माथिल्लो सदनका अध्यक्ष, तल्लो सदनका सभामुख, शिक्षा मामिला हेर्ने राज्यमन्त्री लगायतसँग भेटवार्ता गरेको बताए ।
सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए । उनीहरु भदौ ३१ गते आयरल्याण्ड प्रस्थान गरेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया