NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

डाइटिङ र जिम नगरी कसरी घटाउने तौल ?

काठमाडौं । धरै व्यक्ति शरीरको अनियन्त्रित तौलले चिन्तित हुने गर्छन् । यसको लागि अधिकांश व्यक्ति डाइटिङ र जिममा घटौंसम्म समय व्यक्तित गर्छन् ।

तौल नियमन्त्रणमा राख्न कै निम्ति व्यक्ति खाना छोड्ने गर्छन् । तर तौल नियन्त्रणमा राख्नको लागि डाइटिङ र जिम बिना भन्दा पनि जीवनशैली बदल्न जरुरी छ । उचित जीवनशैलीले शरीरको तौल सदैव नियन्त्रणमा रहन्छ ।

चिकित्सकहरुका अनुसार बढ्को तौल घटाउन खानाको त्यति धेरै भूमिका हुँदैन् । हामीले हाम्रो जीवनशैलीमा थोरै सकारात्मक परिवर्तन ल्याउँदा नै प्राकृतिक तवरबाट शरीरको तौल घटाउन सकिन्छ । यसको लागि न जिममै घएर खटिनु पर्छ न त घटौंसम्म भोकै बसेर डाइटिङ नै गर्नुपर्छ ।

हाम्रो घरमा यस्ता धेरै औषधिय गुण भएका प्राकृतिक पदार्था हुन्छन् । जसको सेवन गरेर तौल नियन्त्रणमा ल्याउन सकिन्छ । आज हामी यो लेखमा यीनै घरेलु प्राकृतिक ओखतीका बारेमा चर्चा गछौं :

कागती पानी

कागती पानी तौल घटाउन र नियन्त्रणमा राख्न निकै प्रभावकारी मानिन्छ । बिहान खाली पेटमा एक गिलास मनतातो पानी पिउँदा यसले शरीरमा जम्मा भएको बोसो पगाल्नुका साथै स्वास्थ्य पनि स्वस्थ राख्छ । कागती पानीले केबल तौल मात्र घटाउँदैन् यसले तपाईको रोग प्रतिरोधात्मक क्षमता समेत बढाउँछ ।

ग्रीन टी

ग्रीन टी पनि तौल नियन्त्रणमा ल्याउन लाभदायिक हुन्छ । यसमा प्रशस्त्र मात्रामा एन्टीअक्सिडेण्टहरु हुन्छन् । जसले मोटाबोलिजमलाई सहि गतिमा ल्याउँछ भने तौल पनि नियन्त्रण गर्न मद्त गर्छ ।

कफी
कफीमा क्याफिन र एन्टिअक्सिडेन्टहरु पाइन्छन् । जुन तौल घटाउन गुणकारी मानिन्छ । कफीमा क्यालोरी समेत कम हुन्छ भने क्याफिनले तपाईको मेटोबोलिजम बढाउँछ । त्यसैले यदि तपाईको आफ्नो तौल नियन्त्रणमा ल्याउन चाहनुहुन्छ भने दिनकाृ सुरुवात एक कप कफिबाट गर्नसक्नुहुन्छ ।

घिउकुमारी
घिउकुमारीमा उच्च रक्तचाप र प्रतिरक्षा प्रणालीसँग लड्ने क्षमतासँगै शरीरको तौल घटाउने क्षमता पनि हुन्छ । मोटोपना घटाउन तपाई घिउकुमारीको जुस बनाएर बिहान पिउन सक्नुहुन्छ । यसले रक्तचाप समेत नियन्त्रणमा राख्छ ।

 चिया सिड

चिया सिड फाइवर र ओमेगा ३ फ्याटी एसिडको स्रोत हो । जुन स्वस्थ शरीरका लागि चाहिन्छ । यसमा प्रोटिनको मात्रा पनि उच्च हुन्छ । यी सबै गुणले भरिपूर्ण चिया सिड शरीरको तौल घटाउन पनि फाइदामंद छ ।