आमा बन्दै रेखा
काठमाडौं । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । गत वर्ष अभिनेत्री थापाले प्रेमी बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा श्रीमानसँगको तस्बिर सेयर गर्दै ‘भविष्य पनि गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी पठाइदिन्छ,’ भन्दै पाेस्ट गरेकी छन् ।
यो उनको दोस्रो विवाह हो । यसअघि उनले चलचित्र निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए। हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्यो मेरो मन, काली, जाउ हिड पोखरालगायत चलचित्रमा अभिनय गरेकी छिन्।
रेखा पछिल्लो समय चलचित्र ‘उपहार’ मा व्यस्त छिन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया