आमा बन्दै रेखा

काठमाडौं । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । गत वर्ष अभिनेत्री थापाले प्रेमी बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा श्रीमानसँगको तस्बिर सेयर गर्दै ‘भविष्य पनि गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी पठाइदिन्छ,’ भन्दै पाेस्ट गरेकी छन् ।
यो उनको दोस्रो विवाह हो । यसअघि उनले चलचित्र निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए। हिरो चलचित्रबाट नेपाली सिने जगतमा डेब्यू गरेकी थापाले हिम्मत, किस्मत, कसले चोर्यो मेरो मन, काली, जाउ हिड पोखरालगायत चलचित्रमा अभिनय गरेकी छिन्।
रेखा पछिल्लो समय चलचित्र ‘उपहार’ मा व्यस्त छिन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया