‘ई’ को स्वास्थ्यप्रति संवेदनशिल बन्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण गरेको छ ।
आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले मंगलबार स्थलगत अनुगमनपछि आज आयोगले एक विज्ञप्ति जारी गर्दै अभियन्ता ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न र वार्तामार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ ।
‘साना सडक व्यवसायीलाई विकल्प सहित व्यवस्थापन गर्न माग गर्दै विगत ८ दिनदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा आयोगका माननीय सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले हिंजो स्थलगत अनुगमन गरेको छ । ’ विज्ञप्तिमा उल्लेख छ ।
आयोगले धर्नामा उभिएर ‘ई’ को दुवै खुट्टा अस्वभाविक रुपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम औषधी सेवन गरिरहेको लगायतका जानकारी गराउँदै ‘ई’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको विज्ञप्तिमा जनाएकाे छ ।
सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराउँदै आयोगले स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि आग्रहसमेत गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया