मौलिकता हस्तान्तरणका लागि चाडबाडमा नयाँपुस्ताको सहभागीता आवश्यक : सभामुख
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको धारणा व्यक्त गरेका छन् ।
इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले मौलिक चाडबाडको संरक्षण र संवर्द्धन गर्ने दायित्व नयाँ पुस्ताको भएको बताए ।
‘नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी छ, हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरकफरक चाडपर्व छन्, हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँअनुसार फरक संस्कार र संस्कृति हुन्छन, सनातनदेखि आस्थाको धरोहरका रूपमा रहेको हाम्रा चाडपर्व र त्यस चाडपर्वमा देखिने विविधताभित्रको एकता नेपालीपनको छुट्टै विशेषतायुक्त संस्कृति र संस्कार हुन्’, उनले भने ।
उनले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मनाइने इन्द्रजात्राजस्ता पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास लिएका छन् ।
वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी परम्परागतरूपमा नेवार समुदायले मनाउने जात्रा हो । सनातन धर्मावलम्बीका प्रमुख र प्रचलित चाडभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्ले पुरानो चाड मान्ने गरेका छन् । सहकालका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गरेको छ ।
उनले कृषि सभ्यताको सूचकका रूपमा रहेको इन्द्रजात्रा पर्वले प्रकृतिको संरक्षण, पर्यटकीय तथा आर्थिक विकास र समृद्धिमा समेत टेवा पुगोस् भन्ने कामना व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया