NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

विदेश जानेलाई निःशुल्क तालिम, खान-बस्न पनि फ्री

काठमाडौं । सुरक्षित आप्रवासन कार्यक्रम, ललितपुरले वैदेशिक रोजगारमा जान चाहने युवाहरूका लागि विभिन्न नौ विषयमा तालिम दिने भएको छ ।

खाना र बस्नसहित निशुल्क तालिमको व्यवस्था गरको सो कार्यक्रम अन्तर्गत महिलाहरूले हाउस किपिंग र गार्मेन्ट मेशिन अपरेटर सम्बन्धि तालिम लिन पाउने छन् ।

त्यस्तै पुरुषहरूको हकमा भने डकर्मी, किचन हेल्पर, शटरिङ कारपेन्ट्रि, वेल्डर, इन्डस्ट्रियल इलेक्ट्रीसियन, प्लम्बर र स्काफोल्डिङ्ग (फलामको पाइपको खट बनाउने काम) विषयमा तालिम दिइनेछ ।

आगामि मंसिर देखि सुरु हुने तालिममा २४८ जनाले सहभागिता जनाउन पाउनेछन् । जसको लागि मापदण्ड अनुसार प्रशिक्षार्थी छनोट गरिनेछ । आवेदनका लागि यस https://forms.gle/6TxZGMzd1w1VDK8h7 लिंकमा विवरण पठाउनुपर्ने छ ।