विदेश जानेलाई निःशुल्क तालिम, खान-बस्न पनि फ्री
काठमाडौं । सुरक्षित आप्रवासन कार्यक्रम, ललितपुरले वैदेशिक रोजगारमा जान चाहने युवाहरूका लागि विभिन्न नौ विषयमा तालिम दिने भएको छ ।
खाना र बस्नसहित निशुल्क तालिमको व्यवस्था गरको सो कार्यक्रम अन्तर्गत महिलाहरूले हाउस किपिंग र गार्मेन्ट मेशिन अपरेटर सम्बन्धि तालिम लिन पाउने छन् ।
त्यस्तै पुरुषहरूको हकमा भने डकर्मी, किचन हेल्पर, शटरिङ कारपेन्ट्रि, वेल्डर, इन्डस्ट्रियल इलेक्ट्रीसियन, प्लम्बर र स्काफोल्डिङ्ग (फलामको पाइपको खट बनाउने काम) विषयमा तालिम दिइनेछ ।
आगामि मंसिर देखि सुरु हुने तालिममा २४८ जनाले सहभागिता जनाउन पाउनेछन् । जसको लागि मापदण्ड अनुसार प्रशिक्षार्थी छनोट गरिनेछ । आवेदनका लागि यस https://forms.gle/6TxZGMzd1w1VDK8h7 लिंकमा विवरण पठाउनुपर्ने छ ।


ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया