NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

विप्लव समूहद्वारा चार सरकारी सवारीसाधन नियन्त्रणमा

गोरखा । सार्वजनिक बिदाको दिन सरकारकाी गाडी दुरुपयोग गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले गोरखामा चारवटा सरकारी सवारी नियन्त्रणमा लिएको छ ।

गोरखा नगरपालिका चोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई चारपांग्रे गाडी नियन्त्रणमा लिइएको संगठनका नेता रन गुरुङले बताए ।

उनका अनुसार जिल्ला समन्वय समितिको बा२झ २८९ र बागतमी प्रदेश बीएबी९१९८ नम्वरको गाडी साथै कुन्दुरटार पालुङटार सिंचाइ आयोजनाको गण्डकी प्रदेश एएए ४७२६ नम्वरको मोटरसाइकल र पूर्वाधार कार्यालयको प्रदेश ३०२ ००१ब३६४० मोटरसाइलक नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको सवारी साधन जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको छ ।