माल्दिभ्सको निर्वाचनमा भारतलाई झड्का, चीन समर्थकले जिते
काठमाडौं । दक्षिण एसियाली मुलुक माल्दिभ्सले नयाँ राष्ट्रपति पाएको छ । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई परास्त गर्दै ४५ वर्षीय मोहम्मद मुइज्जु नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रोगेसिभ एलाइन्सका उम्मेदवार मुइज्जुले कुल मतको ५४ प्रतिशत बटुलेर जित निकालेको जनाएका छन् ।
मालेको मेयरसमेत रहेका मुइज्जु चिनियाँ समर्थक नेताका रूपमा चिनिन्छिन् । उनले चुनावी अभियानका क्रममा ‘इण्डिया आउट’ आउटको नारा नै दिएका थिए ।
सन् १९७८ मा जन्मिएका मुइज्जु सिभिल इन्जिनियरिङमा पिएचडी हुन् । उनी सन् २०१२ बाट मात्र सक्रिय राजनीतिमा लागेका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया