NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

माल्दिभ्सको निर्वाचनमा भारतलाई झड्का, चीन समर्थकले जिते

काठमाडौं । दक्षिण एसियाली मुलुक माल्दिभ्सले नयाँ राष्ट्रपति पाएको छ । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई परास्त गर्दै ४५ वर्षीय मोहम्मद मुइज्जु नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रोगेसिभ एलाइन्सका उम्मेदवार मुइज्जुले कुल मतको ५४ प्रतिशत बटुलेर जित निकालेको जनाएका छन् ।

मालेको मेयरसमेत रहेका मुइज्जु चिनियाँ समर्थक नेताका रूपमा चिनिन्छिन् । उनले चुनावी अभियानका क्रममा ‘इण्डिया आउट’ आउटको नारा नै दिएका थिए ।

सन् १९७८ मा जन्मिएका मुइज्जु सिभिल इन्जिनियरिङमा पिएचडी हुन् । उनी सन् २०१२ बाट मात्र सक्रिय राजनीतिमा लागेका थिए ।