NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध उभियाे माओवादीकै विद्यार्थी संगठन, कडा संघर्षमा उत्रने

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ ।

अनेरास्ववियूले आइतबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको हो । अध्यक्ष पञ्चा सिंहले आफुहरुको मागलाई वेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएकी छन् ।

उनले आयल निगमभित्र भएका भ्रष्ट्राचार, चुहावट, अनियमितता र बेथिती अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्नेमा उल्टै अन्तराष्ट्रिय बजारको मुल्य समायोजनको हवाला दिँदै गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरिन् ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यो वृद्धिसँगै ग्याँसको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ ।

May be an image of text