एमाले कर्णाली प्रदेश अधिवेशन: सुरु भयो मतदान

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
दिउँसो २ बजेबाट मतदान सुरु भएको हो । यसअघि शुक्रबार प्रकाशन गरिएको निर्वाचन कार्यतालिकाअनुसार शनिबार दिउँसो १२ बजे मतदानको समय तोकिएको भएपनि हुनसकेन् ।
पटक पटक समय सारिएपछि आइतबार बिहान ८ बजेलाई समय तोएिको थियो । तर तयारी नपुगेको भन्दै दिउँसो १ बजेका लागि मतदान समय तोकिएकोमा १ घण्टा टिला गरि सुरु भएको हो ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित १ सय ३० सदस्य चयन हुनेछन् । अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही र प्रकाश रोकाया उम्मेदवार छन् ।
प्रतिक्रिया