‘केटी काण्ड’ले एसएसपीको जागिर चट !

काठमाडौं । केटी काण्डमा परेका नेपाल प्रहरीका एक उच्च अधिकारीले सोही कारण जागिर गुमाएका छन् । एसएसपी योगबहादुर पालले जागिर गुमाएका हुन् ।
उनीमाथि गम्भीर कारबाही गर्न लागेपछि आफैं राजीनामा दिएका छन् । एक महिला प्रहरीमाथि यौन प्रस्ताव राखेको अभियोग उनीमाथि छ । छानबिन समितिले उनलाई दोषी ठहर गरी कारबाही प्रक्रिया अघि बढाएको थियो । जसकारण उनले राजीनामा दिएका हुन् । उनको अझै जागिर चार वर्ष बाँकी थियो । केटीकाण्डमा परेर उनले जागिर गुमाएका छन् ।
प्रतिक्रिया