सामाखुसीबाट पक्राउ परे मन्त्रीका भाई

काठमाडौं । बागमति प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाका भाई पक्राउ परेका छन् ।
प्रहरीले अपहरण केसमा मन्त्री लामाका भाइ भोजबहादुर लामालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरी वृत्त महाराजगञ्जले लामालाई सामाखुसीको एक रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको जानकारी दियाे ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । पीडितहरु प्रहरी कार्यालयमा उपस्थित भएको र छलफल भइरहेको जनाइएको छ ।
लामाले माला व्यापारीलाई कमिसन नदिएको भन्दै अपहरण गरेको र बिभिन्न स्थानमा लगि कुटपिटसमेत गरेपछि ती व्यापारीले १०० मा फोन गरेर प्रहरीलाई खबर गरेका थिए ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया