रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । संविधान दिवशको अवसरमा कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
व्यक्तिहत्या मुद्दामा सजाय काटिरहेका नेपालगञ्जका योगराज ढकाल (रिगल)लाई संविधान दिवशका अवसरमा राष्ट्रपतिले आम माफि दिएका थिए ।
राष्ट्रपतिको उक्त निर्णयविरुद्ध नेपालगञ्जककी भारती शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् । शेर्पा उनै चेतन मानन्धरकी पत्नी हुन्, जसलाई रिगलले हत्या गरेका थिए ।
उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय पनि बदर गर्न माग रेकी छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया