रेबिज लाग्नबाट बच्न गर्नुहाेस् यी काम
काठमाडौं । रेबिज प्राणघातक रोगमध्ये एक मानिन्छ । रेबिज विषाणुबाट लाग्ने रोग हो । मुख्यत कुकुरको टोकाइबाट यो रोग लाग्ने गर्छ । तर अन्य जनावरले टोक्दा भने यसको जोखिम नहुने भने होइन् । बिरालो र स्याल, न्याउरी मुसा र केही हदसम्म चमेरोले टोक्दा पनि रेबिज लाग्न सक्छ ।
रेबिज लाग्न नदिन कुकुरले टोक्ने बित्तिकै के गर्ने ?
१) कुकुले टोकेको खण्डमा सबैभन्दा पहिले साबुन पानीले टोकेको ठाउँ १५ मिनेटसम्म धुनुहोस् ।
२) कुकुरले टोकेपछि जतिसक्दो चाँडो नजिकको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउनुहोस् ।
३) घरपालुवा कुकुरलाई अनिवार्य रेबिज विरुद्धको खोप लगाउने गर्नुहोस्
४) टाेकेकाे घाउमा बेसार, खुर्सानी दल्ने चलन छ, त्यसले सङ्क्रमण झन बढ्ने जोखिम हुन्छ । त्यसैले यस्ता कुराहरू नलगाउनुहाेस् ।
५) स्वास्थ्य चौकी, अस्पताल या मेडिकलमा गएर थप सल्लाह लिनुहोस् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया