NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

रेबिज लाग्नबाट बच्न गर्नुहाेस् यी काम

काठमाडौं । रेबिज प्राणघातक रोगमध्ये एक मानिन्छ । रेबिज विषाणुबाट लाग्ने रोग हो । मुख्यत कुकुरको टोकाइबाट यो रोग लाग्ने गर्छ । तर अन्य जनावरले टोक्दा भने यसको जोखिम नहुने भने होइन् । बिरालो र स्याल, न्याउरी मुसा र केही हदसम्म चमेरोले टोक्दा पनि रेबिज लाग्न सक्छ ।

रेबिज लाग्न नदिन कुकुरले टोक्ने बित्तिकै के गर्ने ? 

१) कुकुले टोकेको खण्डमा सबैभन्दा पहिले साबुन पानीले टोकेको ठाउँ १५ मिनेटसम्म धुनुहोस् ।
२) कुकुरले टोकेपछि जतिसक्दो चाँडो नजिकको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउनुहोस् ।
३) घरपालुवा कुकुरलाई अनिवार्य रेबिज विरुद्धको खोप लगाउने गर्नुहोस्
४) टाेकेकाे घाउमा बेसार, खुर्सानी दल्ने चलन छ, त्यसले सङ्क्रमण झन बढ्ने जोखिम हुन्छ । त्यसैले यस्ता कुराहरू नलगाउनुहाेस् ।

५) स्वास्थ्य चौकी, अस्पताल या मेडिकलमा गएर थप सल्लाह लिनुहोस् ।