NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

सुदूरपश्चिम प्रदेशः भूकम्पमा घाइते भएकाको उपचार सरकारले गर्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पमा घाइते भएकाहरुको औषधोपचार गर्ने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षता आज सर्वपक्षीय बैठक बसेको थियो । बैठकले घाइतेको उपचार, उद्धार, खोज तथा प्रभावितहरूलाई आवश्यक राहत सामग्री एकद्वार प्रणालीमा वितरण गर्नुपर्ने निस्कर्ष निकालेको हो ।

मंगलबार बझाङ केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परी प्रदेशका बिभिन्न जिल्लामा मानिसहरु घाइते भएका छन् भने भौतिक संरचनामा ठुलो क्षति भएको छ । भूकम्पका कारण बिभिन्न जिल्लमा २७ जना घाइते भएको प्रदेश सरकारले जनाएको छ ।

भूकम्पपछि गएको पहिरोमा परेर बझाङको जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीले ज्यान गुमाएकी छन् ।

यस्तै बझाङमा १८, अछाममा ५, बैतडी र बाजुरामा समान २÷२ जना घाइते भएका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।