सुदूरपश्चिम प्रदेशः भूकम्पमा घाइते भएकाको उपचार सरकारले गर्ने
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पमा घाइते भएकाहरुको औषधोपचार गर्ने भएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षता आज सर्वपक्षीय बैठक बसेको थियो । बैठकले घाइतेको उपचार, उद्धार, खोज तथा प्रभावितहरूलाई आवश्यक राहत सामग्री एकद्वार प्रणालीमा वितरण गर्नुपर्ने निस्कर्ष निकालेको हो ।
मंगलबार बझाङ केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परी प्रदेशका बिभिन्न जिल्लामा मानिसहरु घाइते भएका छन् भने भौतिक संरचनामा ठुलो क्षति भएको छ । भूकम्पका कारण बिभिन्न जिल्लमा २७ जना घाइते भएको प्रदेश सरकारले जनाएको छ ।
भूकम्पपछि गएको पहिरोमा परेर बझाङको जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामीले ज्यान गुमाएकी छन् ।
यस्तै बझाङमा १८, अछाममा ५, बैतडी र बाजुरामा समान २÷२ जना घाइते भएका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया