चीनमा कार्बनमोनोअक्साइडले सात जनाको मृत्यु
एजेन्सी । उत्तरी चीनको साङ्सी प्रान्तस्थित जिनपिङ गाउँको वुटाई काउन्टीमा मङ्गलबार एक मकै प्रशोधन मिलमा निसास्सिएर सात जनाको मृत्यु भएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा कार्बनमोनोक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
मङ्गलबार साँझ सान थरका उक व्यक्ति कारखानाको फिडिङ पिटमा पसे लगत्तै उक्त घटना भएको थियो । उक्त मिलमा यस वर्षको सुरुदेखि नै उत्पादन भएको छैन ।
त्यसपछि उद्धार प्रयासमा छ जना उक्त पिटमा पसेका थिए र उनीहरू सबै विषाक्त भएको अनुमान गरिएको छ । पछि अग्निनियन्त्रक र उद्धारकर्मीहरूले तिनीहरूलाई उक्त मिलबाट बाहिर निकालेर अस्पताल पुर्याएका थिए तर उनीहरूको मृत्यु भइसकेको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया