जब सन्तानसहित मञ्चमा आए मदनकृष्ण
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ परिवारसहित ‘मदनकृष्ण मुड’ मा प्रस्तुत भएका छन्।
सिस्नुपानी नेपालको आयोजना र पाठशाला नेपालको सहकार्यमा शुक्रबार थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा उनले प्रस्तुती दिएका हुन्।
श्रेष्ठको स्वास्थ्यलाभको कामना एवम् पारिवारिक सांगीतिक साधनाको प्रस्तुतीमा उनले आफ्ना हिट र कालजयी गीतहरू प्रस्तुत गरेका थिए।
पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र बाबुराम भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत संवैधानिक अंगका विशिष्ट व्यक्ति, डा. सन्दुक रुइतलगायत अन्य व्यक्तिहरू श्रेष्ठका गीत सुन्न उपस्थित थिए।

‘मदनकृष्ण मुड’ मा श्रेष्ठले आफ्ना चर्चित गीतहरू अरबौं मान्छेहरूमा, खोलावारी खोलापारी, एउटै सपना छ, हे भगवान, फूलबुट्टे सारी लगायत प्रस्तुत गरे। श्रेष्ठलाई साथ दिन मञ्चमा उपस्थित उनका छोरा यमन श्रेष्ठले एउटै लक्ष्यको बाटोमा, सेल्फी गीत प्रस्तुत गरे।
यस्तै छोरी सराना श्रेष्ठले ती जून जस्तै, एकतर्फी माया न हो जस्ता गीत प्रस्तुत गरिन्। उनीहरूलाई वाद्यवादनमा भूपेन्द्र रसाइली, कृष्ण लिम्बु, प्रविण श्रेष्ठ, वैभवविक्रम परियार र मिलन घिमिरेले साथ दिएका थिए।
कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौंमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्।
उनले ‘सुख दु:ख’, ‘वासुदेव’ र ‘के घर के डेरा’ लगायत फिल्म र हजारवटा जति टेलिफिल्ममा अभिनय गरेका छन्।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया