NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

२ भेटेरिनरी औषधि कम्पनीमा छापा, अनुसन्धान प्रभावित पार्न चलखेल

काठमाडौं । राजश्व अनुसन्धान विभागले दुई भेटेरिनरी औषधि कम्पनीमा छापा मारेको छ ।

विभागकाे टोलीले कलंकीस्थित सुनगाभा भेट फर्मा र काठमाडौंको त्रिपुरेश्वरस्थित लोटस भेट इन्टरनेश्नल ट्रेड लिंकमा गत बिहीबार छापा मारेको हो ।

विभागका अनुसन्धान अधिकृत मानबहादुर विकले यी दुई औषधि कम्पनीमा विभागले छापा मारेको जानकारी दिए । विकका अनुसार, यी औषधि कम्पनीका कागजातहरू नियन्त्रणमा लिइएको छ ।

‘यी दुई भेटेरिनरी औषधि कम्पनीमा छापा मारेर केही कागजातहरू नियन्त्रणमा लिएका छौं, अनुसन्धान अधिकृत विकले भने । लोटस र सुनगाभामाथि लम्पी स्किन राेग भ्याक्सिन कालोबजारी गरेको आरोप छ । यसबारे विभिन्न व्यक्तिबाट उजुरी परेपछि विभागको टोलीले छापा मारेको हो ।

सुनगाभा र लोटस भरतबहादुर पाण्डे स्वामित्वको औषधि कम्पनी हो । विभिन्न हाइडोपावरका सञ्चालकसमेत रहेका पाण्डे माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डनिकट मानिन्छन् ।

यही सम्बन्ध उपयोग गरेर पाण्डले विभागको अनुसन्धान प्रभावित पार्न चलखेल गरेको दाबी स्रोतले गरेको छ । अनुसन्धान अधिकृत विक नियन्त्रणमा लिइएका कागजात अध्ययन गर्ने काम अहिले भइरहेको बताउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष