२ भेटेरिनरी औषधि कम्पनीमा छापा, अनुसन्धान प्रभावित पार्न चलखेल
काठमाडौं । राजश्व अनुसन्धान विभागले दुई भेटेरिनरी औषधि कम्पनीमा छापा मारेको छ ।
विभागकाे टोलीले कलंकीस्थित सुनगाभा भेट फर्मा र काठमाडौंको त्रिपुरेश्वरस्थित लोटस भेट इन्टरनेश्नल ट्रेड लिंकमा गत बिहीबार छापा मारेको हो ।
विभागका अनुसन्धान अधिकृत मानबहादुर विकले यी दुई औषधि कम्पनीमा विभागले छापा मारेको जानकारी दिए । विकका अनुसार, यी औषधि कम्पनीका कागजातहरू नियन्त्रणमा लिइएको छ ।
‘यी दुई भेटेरिनरी औषधि कम्पनीमा छापा मारेर केही कागजातहरू नियन्त्रणमा लिएका छौं, अनुसन्धान अधिकृत विकले भने । लोटस र सुनगाभामाथि लम्पी स्किन राेग भ्याक्सिन कालोबजारी गरेको आरोप छ । यसबारे विभिन्न व्यक्तिबाट उजुरी परेपछि विभागको टोलीले छापा मारेको हो ।
सुनगाभा र लोटस भरतबहादुर पाण्डे स्वामित्वको औषधि कम्पनी हो । विभिन्न हाइडोपावरका सञ्चालकसमेत रहेका पाण्डे माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डनिकट मानिन्छन् ।
यही सम्बन्ध उपयोग गरेर पाण्डले विभागको अनुसन्धान प्रभावित पार्न चलखेल गरेको दाबी स्रोतले गरेको छ । अनुसन्धान अधिकृत विक नियन्त्रणमा लिइएका कागजात अध्ययन गर्ने काम अहिले भइरहेको बताउँछन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया