NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

ट्रक दुर्घटनामा तीन जनाको मृत्यु, रातभर अन्य के-के भए ?

रसुवा । आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।

नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल पुर्याउन एम्बुलेन्स दुर्घटनास्थलतर्फ पठाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।

सम्पर्कविहीन नेपालीको खोजी जारी
तेल अबिबस्थित नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको बताएको छ ।

घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुईजनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।

“हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली सङ्घसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

विश्वकप क्रिकेट स् न्युजिल्यान्डद्वारा नेदरल्यान्ड्स ९९ रनले पराजित
आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको छ । न्युजिल्यान्ड लगातार दोस्रो खेलमा विजयी भएको हो । न्युजिल्यान्डले यसअघि पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स भने यसअघि पहिलो खेलमा पनि पाकिस्तानसित ८१ रनले पराजित भएको थियो ।

भारतको हैदरावादमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोज्यो । न्युजिल्यान्डले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय २२ रन बनायो । तीन सय २३ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सको पारी ४६ दशमलव तीन ओभरमा दुई सय २३ रनमा समेटियो ।

यसअघि न्युजिल्यान्डका लागि ब्याटिङ गर्ने क्रममा विल योङले सर्वाधिक ७० रनको योगदान दिए । उनले ८० बलमा दुई छक्का र सात चौका हाने । यस्तै कप्तान टम लाथमले ४६ बलमा एक छक्का र ६ चौकासहित ५३, रचिन रविन्द्रले ५१ बलमा तीन चौका र एक छक्कासहित ५१, डार्यल मिचेलले ४७ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ४६ तथा मिचेल शान्टनरले अविजित ३६ रन बनाए । उनले १७ बल खेल्ने क्रममा दुई छक्का र तीन चौकासमेत हिर्काए । यसैगरी डेभन कन्वेले ४० बल खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ३२३ रनको योगदान दिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष