हमासका १५ सय लडाकुको शव बरामद
काठमाडौं । इजरायली सेनाले हमासका १५ सय लडाकुको शव बरामद भएको जानकारी दिएको छ । इजरायलभित्रसँगै गाजापट्टीआसपासका क्षेत्रमा हमासका लडाकुहरूको शव भेटिएको हो ।
इजरायलका सेना प्रचुख रिचर्ड हेटका अनुसार गाजाआसपासका क्षेत्रबाट सबै इजरायली नागरिकलाई सकुशल उद्धारसमेत गरिएको छ ।
यसबीचमा युनिसेफले गाजामा प्रभावित सर्वसाधारणको उद्धारका लागि मानव कोरिडोर तयार गर्न माग गरेको छ ।
शनिबारयता हमासको आक्रमणबाट इजरायलमा ९ सय मानिसले ज्यान गुमाइसकेका छन् भने इजरायली सेनाको जवाफी कारबाहीले गाजा क्षेत्रमा ७ सय मानिस मारिएका छन्, साथै ३७ सय घाइते भएका छन् । बीबीसी
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया