NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

हमास आक्रमण : इजरायलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो

जेरुसेलम । इजरायल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजरायललीहरूको मृत्यु भएको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताएका छन् । यो सङ्ख्या यसअघि बताइएको भन्दा बढी हो ।
“मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ”, आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडियो मेसेजमा भने । उनले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिए ।
यसैबीच इजरायलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बुधबार बताएका छन् ।
हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजरायली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको एएफपीलाई जानकारी दिए ।
इजरायल सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।