काठमाडौं महानगर भित्र सवारी हाँक्दै हुनुहुन्छ ? यी सडकमा लागू हुँदैछ ‘वान वे’
काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी आवागमनलाई थप व्यवस्थित बनाउन विभिन्न खडक खण्डलाई ‘वान वे’ बनाउने भएको छ ।
आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी कामनपा वडा नं. १, ११ र २८ भित्र पर्ने सडकमा वान वे लागू गरिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
जस अन्तर्गत वडा नं. ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल–सेतोपुल–मिलन मार्गतर्फ सवारी जानमात्र दिइने छ ।
वडा नंं. २८ पुतलीसडक, मूल सडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाइने छ ।
त्यस्तै वडा नं. १ र २८ मा पर्ने दरबार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाइने महानगरले जनाएको छ ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया