कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद्: दुई मन्त्री नियुक्त, मन्त्रालय तोकिएन

काठमाडौं । कोशी प्रदेश सरकारमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसबाट १ र नेकपा एमालेबाट १ जना मन्त्रीलाई आइतबार नियुक्त गरेका हुन् । कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिए लगत्तै दुई मन्त्री नियुक्त गर्दै शपथ गराए ।
एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई कार्कीले मन्त्रीको शपथ गराएका हुन् । राई र रानाको मन्त्रालय भने तोकिएको छैन। कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्।
नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया