गाजामा बढ्दो बमबारीबीच बुधबार इजरायल जाँदै बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार इजरायल जाने भएका छन् ।
विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपतिको भ्रमणबारे घोषणा गरेका हुन् ।
अमेरिकी कुटनीतिज्ञ एन्टोनी ब्लिन्केन र इजरायलका प्रधानमन्त्री बेल्जामिन न्याहु सोमबार सात घण्टा बैठक बसेका थिए । । न्याहुको निमन्त्रणामा बाइडेनले इजरायलको भ्रमण गर्ने भएका छन् ।
विदेशमन्त्रीका ब्लिन्केनका अनुसार बाइडेनले इजरायबाट कसरी नागरिकको सुरक्षाका लागि कार्य सञ्चालन गर्न सकिन्छ भन्नेबारे बुझ्नेछन् । उनले गाजामा प्यालेस्टिनी नागरिकहरुलाई सहयोग गर्न अनुमती दिने विषयमा पनि छलफल गर्ने छन् ।
अमेरिकाको नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले बाइडेनको भ्रमणको मुख्य लक्ष्य इजरायलसँग ऐक्यबद्धता व्यक्त गर्नु र गाजाका नागरिकहरुलाई सहयोग प्रदान गर्नु भएको बताएका छन् ।
किर्बीले भने, ‘उनले मानवीय सहयोगको मुद्दामा छलफल गर्नेछन् ।’
इजरायल भ्रमण पछि बाइडेन इजरायल जोर्डन जाने भएका छन् । त्यहाँ उनले जोर्डनका राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अल–सिसी र प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमूद अब्बाससँग भेट गर्नेछन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया