प्यालेस्टाइनको पक्षमा नागरिक अगुवा, आज इजरायली दूतावासअगाडि प्रदर्शन गर्दै
काठमाडौं । बृहत् नागरिक आन्दोलनले इजरायली राजदूतावासअगाडि शुक्रबार धर्ना दिने भएको छ ।
प्यालेस्टाइनमाथि भइरहेको आक्रमण रोक्न माग गर्दै बृहत् नागरिक आन्दोलनले शुक्रबार दिउँसो २ः३० बजे लैनचौरस्थित इजरायल दूतावासअगाडि प्रदर्शन गर्न लागेको हो ।
प्यालेस्टाइनी जनतासँग ऐक्यबद्धता जनाउँदै इजरायले गरेको नरसंहारको विरोधमा प्रदर्शन गर्न लागेको बृहत् नागरिक आन्दोलनले जनाएको छ ।
बृहत् नागरिक आन्दोलनले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन आग्रह गर्दै खानी तथा भूगर्भ विभागअगाडि भेला हुन अनुरोध गरेको छ ।
हमास विद्रोहीले आफ्नो देशमाथि आक्रमण गरेर धनजनको क्षति गराएपछि इजरायलले प्यालेस्टाइनलाई निशाना बनाइरहेको छ । केही दिनअघि मात्रै प्यालेस्टाइनस्थित अस्पतालमा इजरायलले आक्रमण गर्दा बिरामी तथा युद्धका कारण विस्थापित भएर आश्रय लिइरहेका ५०० बढीको ज्यान गएको थियो । इजरायलले यो कदमको चौतर्फी आलोचना भइरहँदा नेपालका नागरिक अगुवा प्यालेस्टाइनको पक्षमा खुलेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया