तीन जहाज खरिद गर्न निगमले गर्यो बोलपत्र आह्वान
काठमाडौं । नेपाल वायुसेवा निगमले दुर्गम भेगको उडानका लागि तीनवटा जहाज खरिद गर्न बोलपत्र आव्हान गरेको छ ।
आउँदो डिसेम्बर ५ तारिकसम्मका लागि लागू हुनेगरि निगमले आज आवेदन खुलाइएको हो ।
निगमले सार्वजनिक गरेको सूचनामा अन्तर्राष्ट्रिय जहाज निर्माता कम्पनीहरुलाई डिसेम्बर ५ सम्म प्रस्ताव बुझाउन आव्हान गरिएको छ ।
यसअघि निगमले तीनवटा साना जहाज खरिदका लागि अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको थियो ।
दुर्गम भेगमा आफ्नो उपस्थिती बढाउने उद्देश्यले निगमले यी तीन जहाज आफ्नै आन्तरिक स्रोतबाट निर्माता कम्पनीसँग खरिद गर्ने जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया