दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु
एजेन्सी । दक्षिण कोरियाको दक्षिणपश्चिमी तटमा आइतबार माछा मार्ने डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक दलका बाँकी १४ सदस्य घाइते भएका छन् ।
योनहाप समाचार एजेन्सीले जनाएअनुसार १८ जना मानिस बोकेको ७.९३ टनको जहाज स्थानीय समयअनुसार बिहान ५ः५७ बजे सियोलबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको पश्चिमी तटीय शहर बुआनमा टगबोटसँग ठोक्किएपछि समुद्रमा पल्टिएको थियो ।
तटरक्षक अधिकारीलाई उद्धारमा संलग्न रहेको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया