एमालेको चियापन कात्तिक १५ गते

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ ।
यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना हुने भनिएकामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै यही कात्तिक १५ गतेका लागि कार्यक्रम सारिएको एमालेका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः१५ बजेबाट सुरु हुने जनाइएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया