दसैंमा बाहिरियो ५५ अर्बको सुकिला नोट

काठमाडौं । यस वर्षको दसैंको अवसरमा केन्द्रीय बैंकको ढुकुटीबाट करिब ५५ अर्ब रुपैयाँ बराबरको नयाँ र सुकिला नोट बाहिरिएका छन् । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ र सुकिला (पहिले प्रयोगमा आइसकेका) गरी ५५ देखि ६० अर्ब रुपैयाँ बराबरको नोट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
दसैंको अवसरमा करिब ५५ अर्ब रुपैयाँ बराबर नोट बाहिरिएको राष्ट्र बैंकले प्रकाशन गर्ने चलनचल्तीको मुद्राको विवरणबाट पनि देख्न सकिन्छ । यसअनुसार घटस्थापनाको अघिल्लो दिन (असोज २६) चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब ३३ अर्ब रुपैयाँ थियो । यही कात्तिक ३ सम्म चलनचल्तीमा रहेको मुद्रा बढेर ६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
दसैंको अवसरमा करिब ५५ अर्ब रुपैयाँ बराबर नोट बाहिरिएको राष्ट्र बैंकले प्रकाशन गर्ने चलनचल्तीको मुद्राको विवरणबाट पनि देख्न सकिन्छ । यसअनुसार घटस्थापनाको अघिल्लो दिन (असोज २६) चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब ३३ अर्ब रुपैयाँ थियो । यही कात्तिक ३ सम्म चलनचल्तीमा रहेको मुद्रा बढेर ६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।
यस वर्षको दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले गत असोज २९ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा सुरु गरेको हो । राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गरेको थियो । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको थियो । १८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एकरएक बन्डल हो ।
यस वर्ष नयाँ नोट लिन आउने सर्वसाधारणलाई राष्ट्र बैंकले क्यूआर कोडमार्फत भुक्तानी गर्न आग्रह गर्ने जनाएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्भव भएसम्म धेरैभन्दा धेरै भुक्तानी क्यूआरमार्फत गर्न आग्रह गरेको थियो । राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ ।
बैंक तथा वित्तीय संस्थाका लागि भने राष्ट्र बैंकले निकै संयमित भएको (उनीहरूको मागभन्दा कम) मात्र नयाँ नोट वितरण गरेको थियो । हरेक वर्ष बढ्दै गएको नयाँ नोटको मागलाई कम गर्ने उद्देश्यले राष्ट्र बैंकले यस वर्ष जानीजानी थोरै नयाँ नोट वितरण गरेको स्रोतको दाबी छ ।
दसैं र तिहारमा हरेक वर्ष औसत ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन ।
प्रतिक्रिया