NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

लागुऔषधसहित एक युवक पक्राउ

वीरगञ्ज । ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित पर्सा प्रहरीले पोखराका एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–६ निवासी ४० वर्षीय रवीन्द्र केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेकोग १ ख ९६२६ नं को सार्वजनिक यात्रुबाहक बसलाई वीरगञ्ज महानगरपालिका २१ परवानीपुरमा जाँच गर्ने क्रममा केसीले बसको चालक बस्ने सिटमुनी सेतो झोलामा कालो प्लास्टिकको झोलाभित्र पत्रिकामा सेतो टेपले बेरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद् भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

पक्राउ परेका साथबाट फेनारगन ३०० एम्पुल, डाईजेपाम–३०० एम्पुल र आइपीपीएल नुरफिन ३०० एम्पुल गरी ९०० एम्पुल लागुऔषध बरामद् भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।