NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

यी हुन् धनी बन्ने ८ ‘स्मार्ट’ तरिका

एजेन्सी । मनग्गे पैसा कमाउने तथा धनी बन्ने चाहना कसको नहोला र ? तर, पैसा कमाउने कुरा कुनै जादूजस्तो होइन, यसका लागि मिहेनत, चलाखी र हिम्मत देखाउनु पर्छ ।

विश्वास गर्नुस्, पैसा कमाउनेहरु सबैले भाग्यकोमात्रै सहारा लिएका होइनन्, उनीहरुले त्यही अनुसारको कर्म गरेका छन् । तपाईं पनि भाग्यलाई कर्ममा बदल्न चाहनुहुन्छ भने, यी कुरा आजैबाट लागु गर्नुस् ।

लक्ष्य निर्धारण अनि केन्द्रित

सफल बन्नका लागि सबैभन्दा जरुरी कुरा हो, क्षमता अनुसारको लक्ष्य निर्धारण । लक्ष्य निर्धारण गरेपछि योजनावद्धरुपमा त्यस दिशामा केन्द्रित हुनुस् । एक रिपोर्टले भन्छ, ८० प्रतिशत अरबपतिहरु, जसले एकमात्रै लक्ष्य निर्धारण गरेर त्यसलाई पूरा गर्नका लागि अथक मिहेनत गरेका छन् ।

धेरै पढ्नुस्

धनी बन्न चाहनुहुन्छ भने अध्ययन गर्ने बानी बसाल्नु धेरै जरुरी छ । अध्ययनबाट तपाईं जुन कुरा सिक्नुहुन्छ, त्यो जिन्दगीमा हमेशा काम आउनेछ । फुर्सदको समयमा तपाईंको लक्ष्यलाई हासिल गर्न सघाउने खालका पुस्तकहरु खोजेर पढ्ने गर्नुस्, तपाईंले सफलताको शिखरमा पुग्ने धेरै बाटो पहिल्याउनु हुनेछ । टिभी हेर्ने तथा सामाजिक सञ्जालहरुमा भूल्ने आदतलाई कम गरेकै राम्रो ।

भाग्य आफैं बदल्छु भन्ने कुरामा विश्वास राख्नुस्ः

ज्यादातर मानिसहरु यस्ता हुन्छन्, जो हरेक काम भाग्यको भरोसामा छोडिदिन्छन् । तर, धनाढ्यहरुको कुरा सुन्नुहुन्छ, उनीहरु भाग्यकोमात्रै भरोसामा नभएर कर्मको बलमा आजको अवस्थामा छन् । भाग्य सबैको हुन्छ, कर्म गर्नेहरुले भाग्यलाई सफलतामा बदल्छन्, भाग्यकै भरोसामा बस्नेहरु अभागी ठहरिन्छन् ।

बचतसँगै लगानीको बानी बसाल्नुस्ः

प्रायले आफ्नो कमाईको एक हिस्सा फजूल खर्चमा उडाइरहेका हुन्छन् । यदि छिट्टै धनी बन्न चाहनुहुन्छ भने आफ्नो आदत आजैदेखि बदल्नुस् । हर महिना आफ्नो कमाईको २० प्रतिशत हिस्सामात्रै भएपनि बचाउनुस् । त्यसलाई ज्यादा नाफा आउने स्कीममा लगानी गर्नुस् । आज बचत गरेर भोली नै लगानी गर्नुपर्छ भन्ने होइन, सुरुमा बचतको आदत बसाउनुस्, त्यसपछि विस्तारै लगानीको आँट आउनेछ ।

मौका गुम्न नदिनुस्ः

भनिन्छ हरेक मानिसको ढोकामा एक न एक पटक अवसले ढक्ढक्याउँछ । त्यसलाई चिन्नेहरुले अवसरलाई सफलतामा बदल्छन्, नचिन्नेहरु ढोका बन्द गरेर निदाउँछन् । जसले अवसरलाई चिन्छ र त्यसलाई सदुपयोग गर्छ, उसैले सफलताको सिंढी चढ्नेछ ।

महँगो ऋण नलिनुहोस् 

उच्च ब्याजदर भएको ऋण फिर्ता चुक्ता गर्न  चुनौतीपूर्ण हुनसक्छ। तपाईंले उधारो लिनुभएको मूलरकम मात्रै होइन भारी ब्याज शुल्क पनि तिर्नुपर्ने हुन्छ ।

तपाईंको ऋण नियन्त्रण गर्न सबै ऋणलाई उच्चतम ब्याजदरदेखि न्यूनसम्म सूचीबद्ध गरेर सुरु गर्नुहोस्। तपाईंले महँगो ब्याजदरमा ऋण लिनुभएको छ भने ऋण रकमतिर अतिरिक्त भुक्तानी गर्ने विचार गर्नुहोस् ।

अतिरिक्त भुक्तानी मूलऋण रकमका लागि हो । यदि तपाईंले यो रणनीति उपयोग गर्दा एक निश्चित प्रक्रिया पालन गर्नुपर्छ। तपाईंले ब्याज शुल्कमा कम पैसा खर्च गर्दै हुनुहुन्छ र उच्च दर ऋण लक्षित गरेर आफ्नो खल्तीमा धेरै पैसा राख्दै हुनुहुन्छ ।

सही सोच 

यदि तपाईं आर्थिक संघर्षको बानीमा हुनुहुन्छ भने तपाईं विश्वास गर्नुहुन्न कि तपाईंका लागि धनी बन्न सम्भव छ । यो सीमित विश्वासले हरेक अर्को चरण हासिल गर्न धेरै गाह्रो बनाउँछ ।

यसैले धनी बन्ने तरिका सिक्न सम्पत्ति निर्माण गर्ने मानसिकताको खेती गर्न आवश्यक छ । तर, यदि तपाईं धनी बन्न असम्भव छ भन्ने विश्वास गर्नुहुन्छ भने तपाईंले यो लक्ष्य हासिल गर्न आवश्यक कदम चाल्न सक्नुहुन्न ।

बिहान चाँडै उठ्नुस

बिहान चाँडै उठ्नु स्वास्थ्यको लागि त फाइदाजनक छ नै यसले सफलताको कदम चुम्न पनि सघाउँछ । अधिकांश सफल मानिसहरू बिहान चाँडै नै उठ्छन् ताकि दिनभर काम गर्नका लागि बढी समय पाइयोस् ।