इलेक्ट्रिक स्कुटर किन्न नविल बैंकले क्रेडिट कार्डमार्फत कर्जा सुविधा दिने, कति पाइन्छ कर्जा ?

काठमाडौं । नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत कर्जा सुविधा दिने भएको छ । कर्जा सुविधासम्बन्धी बैंकले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सम्झौता गरेको हो ।
बैंकका अनुसार नबिलमा खाता भएका ग्राहकले यो सुविधा लिन सक्नेछन् । स्कुटर किन्दा २ लाखसम्म कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । साथै यो सुविधा अनलाइनमार्फतबाट पनि लिन सकिन्छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले आवश्यक कागजातसहित एफडी मोटर्सको सोरुममा गएर क्रेडिट कार्डमार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
एफडी मोटर्सले हाल दुईवटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । एफ फाइबको मूल्य २ लाख ६१ हजार ९९९ रुपैयाँ छ भने एफ फाइब ए को मूल्य २ लाख ९७ हजार ९९९ रुपैयाँ छ ।
छिटै ग्रन्थ ईभीले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रीको लागि ल्याउने जनाएको छ ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया