NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आज एमालेको चियापान, प्रधानमन्त्रीलाई पनि निम्तो

काठमाडौं । एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको तर्फबाट दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा कार्यक्रम राखिएको एमालेले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरू हुने एमाले नेता विष्णु रिजालले जानकारी दिए।

यसअघि एमालेले मंगलबार (कात्तिक १४ गते) चियापान गर्ने भनेकामा एक दिन पछि सार्दै आज चियापान आयोजना गरेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै कार्यक्रमको तालिकामा फेरबदल गरिएको हो ।

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमका लागि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई निमन्त्रणा पठाएको छ ।