NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

एउटै घरबाट तीन लाख बराबरको पटका बरामद

दमक । झापाको गौरीगञ्जस्थित सशस्त्र सीमा सुरक्षा प्रहरी बलका गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका–४ स्थित हुक्कागाछीको एक घरबाट रु तीन लाखभन्दा बढीको प्रतिबन्धित पटका बरामद गरेको छ ।

सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेको कमाण्डमा खटिएको टोलीले आज बिहान ८ बजे स्थानीय कारी अन्सारीको घरमा छापा मारी तीन बोरा पटका र एक बोरा बिडी र चुरोट बरामद गरेको हो ।