बैंक, इन्स्योरेन्ससहित आइएमई ग्रुपले भूकम्प प्रभावितलाई डेढ करोड रुपैयाँ सहयोग गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख रुपियाँ नगद सहयोग रकम प्रदान गर्ने भएका छन् ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको हो ।
शुक्रवार राती कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । सो क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने छन् ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारिका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि उद्धार र राहतमा हर सम्भव सहयोगका लागि जुटेको बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया