NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

नेपाल पुनर्बीमाको वार्षिकोत्सव कार्यक्रम स्थगित

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनीले कार्तिक २१ गते निर्धारण गरेको १० औं वार्षिक उत्सव कार्यक्रम स्थगित गरेको छ ।

शुक्रबार (कार्तिक १७) गते मध्यरातमा कर्णाली प्रदेशअन्तर्गत जाजरकोट केन्द्रविन्दु भएर गएको  भूकम्पका कारण पुनर्बीमा कम्पनीले वार्षिकोत्सवका सम्पूर्ण कार्यक्रमहरु रद्ध गरेको जनाएको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै कार्यक्रम स्थगित गरेकोबारे जानकारी गराएको हो ।

वार्षिक उत्सवमा लाग्ने खर्च कम्पनीले भूकम्प प्रभावित क्षेत्रमा खर्च गरिने कम्पनीले जनाएको छ ।

निर्धारित कार्यक्रम स्थगित भएपनि कात्तिक २१ गते प्रभात फेरी, स्मारिका विमोचन, शुभकामना एवं प्रतिबद्धता प्रकाशनको पूर्व निर्धारित कार्यक्रम यथावत रहने कम्पनीले जनाएको छ ।