सोह्रौँ योजनाका लागि प्रदेशगत छलफल
काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना तर्जुमाका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत छलफल गर्न सुरु गरेको छ ।
आयोगले आज मधेस प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार छलफलका लागि १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
कर्णाली प्रदेशमा भने प्राकृतिक विपत्तिका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको छ । सोह्रौँ योजनाको अवधारणापत्र तथा पूर्ण दस्तावेजमाथि छलफल, सुझाव, परिमार्जन र स्वीकृतिका लागि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठका संयोजकत्वमा समिति, सदस्यको संयोजकत्वमा क्षेत्रगत उपसमिति र महाशाखा प्रमुखका संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।
प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रकोसमेत सुझाव सङ्कलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ । चालु १५औँ योजना यही आर्थिक वर्षसँगै समाप्त हुँदैछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया