NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

दोहोरो अंकले बढ्यो नेप्से, ९३ करोडको कारोबार

काठमाडौं । सोमबार नेप्से दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचका अनुसार नेप्से २१.३० प्रतिशतले बढेर १८४७.५४ विन्दुमा पुगेको छ ।

आज दुई सय  ८३ कम्पनीको ४७ हजार २३१ पटक कारोबारमा ३५ ला ५५ हजार ६७० कित्ता सेयर खरिदबिक्री हुँदा ९३ करोड ८९ लाख २९ हजार रूपैयाँको कारोबार भएको छ ।

सोमबार सबै उपसमूहमा हरियाली देखिएको छ । सबैभन्दाब बढी होटल तथा पर्यटनको ३.७३ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.५४, विकास बैंक १.२१, वित्त ०.८२, जलविद्युत १.३५, लगानी १.३८, जीवन बीमा १.१९, उत्पादन १.३८, माइक्रोफाइनान्स ०.२६, म्युचल ०.२७, नीर्जीवन २.३६, अन्य १.९८ प्रतिशत र व्यापार २.७४ प्रतिशतले बढेको छ ।

आज हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले कमाएका छन् । सिदार्थ प्रिमियर इन्स्योरेन्स ९.९३ प्रतिशतले बढेको छ । लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ४.२८ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमको आधारमा सोल्टी होटलको सर्वाधिक ६ करोड ४३ लाख २० हजार रूपैयाँको कारोबार भएको छ ।