NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

निगम सुधार्न बनेको प्रतिवेदन कार्यान्वयन गर्न अर्को समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगम सुधार प्रतिवेदन कार्यान्वयन गर्नका लागि सुझाव समिति गठन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा बनेको सुधार प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन भएको हो ।

मन्त्रालयले निगमको संरचनागत र व्यवस्थापकीय सुधार गर्न बनेको उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याउन निगमकै पूर्वमहाप्रबन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिको सदस्यमा पर्यटनमन्त्री सुदन किरातीका सल्लाहकार टिकाराम राई, मन्त्रालयका सहसचिव(निगमको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने) र निगमकै प्रशासन महाशाखाका विभागीय प्रमुख रहनेछन् ।

उक्त प्रतिवेदनमा निगमको संरचनागत र व्यवस्थापकीय सुधारका लागि सोल्टी होटलको सेयर खरिददेखि जहाज थपलगायतका सुझाव पेश गरिएका छन् ।