NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आइशर प्रोफर्मर्स च्याम्पियनको उपाधि नेपाललाई

काठमाडाैं । व्यवसायिक अटोमोबाइल्स उद्योगको एक अग्रणी नाम आइमारले हरेक वर्ष मनाउने प्रोफर्मर्स अफ द इयर गत वर्ष २०२२ मा  सफलतापूर्वक सम्पन्न भयो जसमा नेपाल सहित ३० देशहरूले आफ्नो सहभागिता जनाएका थिए ।

व्यावसायिक साझेदारहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आइशरले यो कार्यक्रम आफ्नो विशेष पहलमा सन् २०१४ मा सुरूवात गरेको हो । सुरुवातदेखि नै यसले व्यक्तिगत क्षमताको मुल्यांकन गर्दै बिक्री, उत्पादन ज्ञान बजार रणनीतिहरूको मुल्यांकन गर्दै आएको छ । व्यवसायिकरणको नीतिमा पनि यो प्रतियोगिता उत्साहको उत्प्रेरक बनेको छ ।

यस प्रतियोगितामा विभिन्न कठिन चरणहरू समावेश गरिएको थियो, जसमा अनलाइन परीक्षण, व्यक्तिगत साक्षात्कार उत्पादन प्रदर्शन र केस स्टडीहरू समावेश गरिएका थिए र यसको अन्तिम समापन कार्यक्रम नेपालमा आयोजना गरिएको थियो । यस प्रतिष्ठित प्रतियोगितामा विभिन्न देशका २०० सहभागीहरूले आफ्नो असाधारण कौशल, समर्पण र ज्ञान प्रदर्शन गरेका थिए । यो उपाधि हासिल गर्न बतास एमएडब्लूका कर्मचारी प्रडक्ट हेड ठाकुर कुमार गाह र आफिसर अशोक थापाको अतुलनिय योगदान रहेको थियो ।

ठाकुर कुमार गाह  र अशोक थापाले प्रतियोगिताभर आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्दै उत्कृष्टता र विशेषज्ञताको उदाहरण दिएका थिए । उत्कृष्ट प्रदर्शन प्रदान गर्ने र आइशरको मूल्यवान ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धताले र्नै आइशर प्रोफर्मर्सको च्याम्पियन बनाइएको हो ।

विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्यधिक ग्राहकहरूले रुचाएको ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री गर्दै आईरहेको छ । विश्वभर ७० भन्दा बढी देशहरूमा फैलिएको आइशरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नया प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ । साथै हालसालै भएको बतास र एमएडब्लू बीचको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइन्टसका साथ देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।

बिक्रीपछि आफ्नो ग्राहकलाई लक्षित गर्दै सर्विसमा आएको हरेक गाडी सोही दिन डेलिभरीदिने व्यवस्था गराउँदै आइरहेको छ । साथै आइशरले आफ्नो ग्राहकलाई लक्षित गर्दै असोज पछाडी खरिद गरेको प्रतेक गाडीको चालकलाई  २५ लाख रूपैयाँको आकस्मिक बीमा उपलब्ध गराउँदै आइरहेको छ ।