११ अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडौं । सोमबार बढेको नेप्से मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचका अनुसार नेप्से ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा पुगेको छ ।
आज दुई सय ८५ कम्पनीको ४० हजार ६ सय पटक कारोबारमा ४३ लाख ३१ हजार २२९ कित्ता सेयर खरिदबिक्री हुँदा ९९ करोड ६५ लाख ८६ हजार रूपैयाँको कारोबार भएको छ ।
मंगलबार नीर्जीवन बीमाबाहेक सबै उपसमूहमा हरियाली देखिएको छ । नीर्जीवन बीमा ०.१८ प्रतिशतले घटेको छ ।
मंगलबार सबैभन्दाब बढी अन्य १.३२ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ ०.२०, विकास बैंक ०.४३, वित्त १.२३, होटल तथा पर्यटन ०.८०, जलविद्युत ०.३७, लगानी १.५१, जीवन बीमा १.१७, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.६१, म्युचल ०.०६, र व्यापार ०.७६ प्रतिशतले बढेको छ ।
आज लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक ८.१६ प्रतिशतका दरले कमाएका छन् भने स्वाभिमान लघुवित्तका लगानीकर्ताले सर्वाधिक ८.२६ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारमा हिमालयन बैंक लिमिटेड प्रमोटरको सर्वाधिक ९ करोड १६ लाख ४४ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया