११ अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडौं । सोमबार बढेको नेप्से मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचका अनुसार नेप्से ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा पुगेको छ ।
आज दुई सय ८५ कम्पनीको ४० हजार ६ सय पटक कारोबारमा ४३ लाख ३१ हजार २२९ कित्ता सेयर खरिदबिक्री हुँदा ९९ करोड ६५ लाख ८६ हजार रूपैयाँको कारोबार भएको छ ।
मंगलबार नीर्जीवन बीमाबाहेक सबै उपसमूहमा हरियाली देखिएको छ । नीर्जीवन बीमा ०.१८ प्रतिशतले घटेको छ ।
मंगलबार सबैभन्दाब बढी अन्य १.३२ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ ०.२०, विकास बैंक ०.४३, वित्त १.२३, होटल तथा पर्यटन ०.८०, जलविद्युत ०.३७, लगानी १.५१, जीवन बीमा १.१७, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.६१, म्युचल ०.०६, र व्यापार ०.७६ प्रतिशतले बढेको छ ।
आज लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक ८.१६ प्रतिशतका दरले कमाएका छन् भने स्वाभिमान लघुवित्तका लगानीकर्ताले सर्वाधिक ८.२६ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारमा हिमालयन बैंक लिमिटेड प्रमोटरको सर्वाधिक ९ करोड १६ लाख ४४ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने
-
विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब
-
दसैँ बिदाले सर्यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम
-
दसैं मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
-
तातोपानी नाका तीन दिनका लागि खुला


प्रतिक्रिया